बैंक तथा वित्तीय संस्थामा सातामा दिन सार्वजनिक बिदा खारेज भएको छ । सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिबक बिदा दिन भनेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू हुने जनाएको छ।
यसअघि सरकारले जेठ महिनामा परीक्षणका रुपमा लागू लगेको सातामा २ दिन बिदा दिने निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरुको बैंक बिदा र कार्यालय तथा बैंकिङ समय फेरबदल गरिएको थियो। सरकारले सातामा २ दिन बिदा दिने खारेज गरेसँगै राष्ट्र बैंकले पनि पूर्ववत व्यवस्थाअनुसार बैंक बिदा, कार्यालय तथा बैंकिङ समय कायम गरेको हो।












