एसपीपीको बारे प्रधानमन्त्रीले संसदमा जानकारी दिनुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) बारे संसदमा जानकारी दिनुपर्ने बताएका छन् ।आज प्रतिनिधिसभाको बैठकमा बोल्दै रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवाले संसद्‍लाई जानकारी दिनुपर्ने बताएका हुन् ।

‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भने, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।’

छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न नमिल्ने थापाको भनाइ छ ।
थापाले भने, ‘तर, नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन ।’