मनोज पाण्डेविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता, १०-१५ वर्ष सम्मको जेल सजाय गर्न माग दाबी

बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालकविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले मनोज पाण्डेविरूद्धको मुद्धा अदातलमा लगेको हो।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको छ। मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।

पाण्डेलाई उपत्यका आपराध अनुसन्धान कार्यालयले ७ जेठामा स्वयम्भुबाट पक्राउ गरेको थियो । पाण्डे ले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । यही प्रतियोगिताकी एक प्रतिष्पर्धीलाई बानेश्वरको एभरेष्ट होटलमा उनले बलात्कार गरेको अभियोग छ ।

लठ्ठिने औषधि मिश्रित ‘लेमनेड’ खुवाएर उनले बलात्कार गरेको पीडितको भनाइ छ । बलात्कार गरेको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गरेको पनि उनले बताएकी छन् । उनले पाण्डेबाट यौन हिंसामा गरेको भन्दै ४ जेठमा २० वटा भिडियो क्लीप सार्वजनिक गरेकी थिइन् ।

घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।