नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ। बादलकी आमा नन्दकुमारी थापाको आज बिहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए।
दीर्घरोगका कारण उनी केही वर्षयता थलिएकी थिइन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।













