पुतलीसडकमा भ्यानसँग मोटरसाइकल ठोक्किँदा २३ वर्षीय शाहिलको मृत्यु

काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यानसँग मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मंगलबार राति पुतलीसडकमा बागमती प्र ०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक २३ वर्षीय शाहिल देउलाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।