प्यूठान – एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको प्युठानमा नेकपा एमालेको तर्फबाट सूर्य थापाको नाम सिफारिस गरेको छ ।
सोमबार पार्टी कार्यालय बिजुवारमा बसेको जिल्ला कमिटीको बैठकमा संविधानसभा सदस्य हिरा बहादुर केसीले थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । बैठकले उनको एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष विजय विराज विष्टले जानकारी दिए । थापा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् ।
एमालेले प्रदेश सभा (क)मा तुल्सीराम शर्मा र (ख) मा केन्द्रीय सदस्य एवं प्यूठान सह–इन्चार्ज हरि रिजाललाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष विष्टले बताए ।














