माइतीघरबाट संविधान जलाउने पाँच जना पक्राउ

काठमाडौँ – माइतीघर मण्डलामा संविधानविरुद्ध प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आबद्ध रहेकाहरु छन् ।

मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको छ । संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।