युक्रेनको राजधानी किभमा थुप्रै बिस्फोट

काठमाडौँ – युक्रेनको राजधानी किभमा कम्तीमा तीनवटा बिस्फोट सुनिएको छ । किभका मेयर भिटाली क्लित्सकोले विष्फोटले सेन्ट्रल शेभचेन्किभ्स्कीमा रहेको आवासीय भवनमा क्षति पुगेको बताए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले कामिकेजे ड्रोनबाट विष्फोट गराएको दाबी गरेको छ । गत साता पनि रुसले युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो जसमा कम्तीमा १९ जनाको मृत्यु भएको थियो ।

किभमा बीबीसी संवाददाता पाउल एडम्सका अनुसार स्थानीय समय अनुसार बिहान ७ बजे विस्फोट भएको हो ।