म्यादी प्रहरीलाई तालिम दिन सुरु

काठमाडौँ – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि छनोट गरिएका म्यादी प्रहरीलाई नेपाल प्रहरीले तालिम दिन सुरु गरिएको छ । आइतबारबाट छनोट भएका म्यादी प्रहरीलाई आधारभूत तालिम दिन थालिएको हो।

केही हप्ता आधारभूत तालिम पछि उनीहरूलाई प्रतिरक्षा तालिम दिइने प्रहरीको भनाई छ। अहिले दैनिक रूपमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइने गरेको छ।

धान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएको थियो । जसमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन दिएका थिए । यसमध्ये १ लाख ७१ हजार ७१८ जना पुरुष र ६० हजार ३७० जना महिला रहेका थिए ।

दरखास्त दिनेहरू मध्येबाट छनोट गरिएका एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने छ ।