काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि चार पटकको च्याम्पियन जर्मनीले टिम घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहीबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । जसमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा छन् ।
गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । यस्तै २०१४ को विश्वकप फाइनलमा गोल गरेका मारियो गोट्चा र इल्के गुन्डागोन पनि अनुभवी खेलाडीको रुपमा छन् ।













