अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

Image

एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध अभ्यास खेल खेलिरहेको छ।

एकदिवसीय (ओडिआई) अभ्यास खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङको निम्तो पाएको हो।

दुवै टोलीले यस अभ्यास खेललाई एसिसी पुरुष प्रिमियर कपअघिको अन्तिम तयारीका रूपमा लिएका छन्। प्रतियोगितामा नेपाल र मलेसिया एउटै समूहमा रहेकाले पनि यो भिडन्तलाई महत्त्वपूर्ण मानिएको छ।

प्रतियोगिताअघि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्यहाँको तयारी पूरा गरी मलेसिया पुगेको हो।

नेपाल र मलेसियाबीचको यस अभ्यास खेलले दुवै टोलीलाई प्रतियोगिताअघि आफ्नो रणनीति तय गर्न तथा खेलाडीहरूको फर्म जाँच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।