काठमाडौँ – काठमाडौं महानगरपालिकाले धमाधम महानगरभित्र व्यवसायिक पहिचानका लागि राखिएका अनधिकृत परिचय पाटी (होर्डिङ बोर्ड) हटाउन थालेको छ। मापदण्ड विपरित र अनुमति नलिई राखिएका परिचय पाटीहरू महानगरपालिकाले धमाधम हटाउन थालेको हो।
काठमाडौं महानरगरले ३५ दिने सूचना जारी गर्दै अनधिकृत होर्डिङ बोर्डहरू हटाउन भनेको थियो। ३५ दिने म्याद कट्दापनि नहटेका होर्डिङ बोर्डहरू महानगरपालिकाले हटाउन थालेका हुन्।३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० बर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको महानगरपालिकाले जनाएको छ।















