कोरोना जाँच नभएसम्म संसद् बैठक रोक्ने निर्णयसहित हिजो गरिएको पिसिआर परिक्षणको नतिजामा नेगेटिभ रिपोट देखिएका राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेश सदस्य खिमविक्रम मल्ल कोभिड वार्डको आईसियूमा छन । बिहान नेगेटिभ रिपोट बुझेका शाही दिउँसो पोजेटिभ रिर्पोटसहित पोखराको चरक अस्पतालको कोभिड वार्डमा भर्ना भएका हुन । अस्पताल स्रोतका अनुसार त्यहाँ भर्ना भएका ४२ जना कोरोना संक्रमितमध्ये शाही पनि छन । कुनै सुचनाबिनै गण्डकी प्रदेशको विशेष अधिवेशनमा अनुपस्थित सांसद खिमविक्रम शाही बेपत्ता भएको भन्दै उनको जिवन रक्षाको मागसहित राष्ट्रिय जनमोर्चा संसदीय दलकी नेता पियारी थापाले संसदमा निवेदन दिएकी थिईन । तर बेपत्ता भएका भनिएका सांसद कोभिडको पोजेटिभ रिर्पोटसहित अस्पतालको आईसियूमा उपचार गराईरहेको फेला परेपछि अहिले सामाजिक सञ्जालमा विभिन्न चर्चा परिचर्चा शुरु भएको छ । सांसद बेपत्ता भएको निवेदन दर्ता हुनै लाग्दा शाहीका स्वकिय सचिव मिलन हमालले बेपत्ता नभएको आकष्मात बिरामी परेकाले उपचारका लागि अस्पतालको आईसियूमा भर्ना गरिएको जानकारी आफ्नो सामाजिक सञ्जालमार्फत गराएका थिए ।
उनको उपचारमा संलग्न चिकित्सकले भने बिरामीले पोजेटिभ रिपोर्टसहित भर्ना हुन आएकाले आइसियुमा होईन कोरोना कक्षमा राखेर उपचार गरिरहेको बनएका छन । शाहीको स्वास्थ्य अवस्था सामान्य रहेपनि अक्सिजनको लेबल केहि कमि देखिएकाले अक्सिजन दिईएको अस्पताल प्रशासनको भनाई छ ।
https://www.tvannapurna.com/5462/2021/04/28/
https://www.tvannapurna.com/5452/2021/04/28/














