असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिने

असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ ।

पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र विकार कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, ‘अहिले भारतीयलगायतका पर्यटकहरूको आगमन पशुपतनाथ दर्शनका लागि बढ्‍दै गएको छ । पर्यटकको चापलाई कम गर्न र सहज रुपमा दर्शन होस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोल्ने निर्णय गरेको छ ।’

प्रवक्ता अधिकारीका अनुसार पहिला शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।