नेपालमा सोमबार थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८३३ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ६४२ र ३ हजार ८३१ एन्टीजेन परिक्षणका क्रममा ८०३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३२ कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार ५८२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार २५८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ३३ हजार ३३२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
नेपालमा अहिलेसम्म ३४ लाख ७७ हजार ५१८ वटा पिसिआर र २ लाख ६६ हजार ६६२ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।













