प्रधानमन्त्रीसमेत एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताइएको छ । मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको छ।
बिहान ९: ३० मा भेटवार्ता सकिएको छ। प्रधानमन्त्री देउवा र प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन्। बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार पुगेका छन् ।















