जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोनाभाइरसको जस्तै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनले संविधानको हत्या गरेको भन्दै बाबुरामले अब हुने संसद विघटनले संविधानको आत्मा मार्न सक्ने भएकाले ढुक्क भएर आ आफ्ना पार्टी वा गुटमा नफर्की निरन्तर खबरदारी जरुरी भएको उल्लेख गरेका छन् ।
आइतबार राति ट्विट गर्दै भट्टराईले असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।
बाबुरामले भनेका छन्– ‘कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ । पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ। ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कौं ।















