वागमती प्रदेशसभा सदस्य मीनाले गरिन् एकीकृत समाजवादीमा सनाखत

वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) रोजेकी छन् ।

समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । उनको प्रवेशसँगै वागमती प्रदेशसभामा नेकपा एसका १३ जना सांसद पुगेका छन् ।

ज्ञवाली एमालेनिकट कानून व्यवसायीको संगठन (पीपीएलए) का अध्यक्षकी रुद्र नेपालकी श्रीमती हन् । उनी भने पार्टी विभाजनको विपक्षमा छन् ।

यसअघि प्रदेशका मन्त्रीसहित १२ जनाले एकीकृत समाजवादीमा जानेबारे सनाखत गरेका थिए । वागमतीमा एमालेका ५६ जना सांसद रहेकोमा अब ४३ जना बाँकी रहेका छन् ।