जाजरकोटमा ढुंगा लागेर १० वर्षीय छोराको मृत्यु, बाबुआमा घाइते

जाजरकोटमा घरमाथि पहिरो खस्दा ढुंगा लागेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका ५ ढारसिर्केमा घरमा बसेको समयमा ढुंगा लागेर १० वर्षीय प्रचण्ड खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ढुंगा लागेर बालकका बुबा ४६ वर्षीय गोरखबहादुर खड्का र आमा ३५ वर्षीया शिला खड्का घाइते भएका छन् । घाइतेको दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेको समयमा बिहान करिब ३ बजे घरमाथि ढुंगा खसेर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।