अमेरिकाले नेपाललाई १ लाख ६ सय २० फाइजर खोप उपलब्ध गराउने भएको छ । कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराउन लागेको हो ।
अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।
यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो । दूतावासले सम्भवत भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ ।
अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।













