नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुनका लागि भारतीय जनता पार्टी (भाजपा) का दुई जना नेता आउने भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निम्तोलाई स्वीकार गर्दै भाजपाका पूर्वकेन्द्रीय मन्त्री डा. हर्ष वर्धन र भाजपाका राष्ट्रिय सचिव हरिश द्विवेदी नेपाल आउन लागेको एमालेले जनाएको छ ।
एमालेको महाधिवेशन भोलिदेखि चितवनीमा सुरु हुँदैछ । त्यसमा अतिथिको रुपमा सहभागी हुनका लागि एमालेले भाजपालाई निमन्त्रणा पठाएको थियो । निमन्त्रणालाई स्वीकार गर्दै भाजपाले हर्षवर्धन र हरिषलाई पठाएको छ ।













