राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ ।
परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिए ।
उनले भने, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो ।”
संघीय संसदमा राप्रपाका १४ जना सांसद छन् । राप्रपा यसअघि कांग्रेसले राख्ने प्रतिपक्षी दलहरूको बैठकमा पनि पटक-पटक सहभागी भएको थियो ।