देउवाले बोलाए विपक्षी दलका नेताहरुको बैठक

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले देउवा निवास बूढानीलकण्ठमा मंगलबार साँझ ५ बजेतिर बैठक बस्ने जानकारी गराए ।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन्।