एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।
मुलुकको आर्थिक शिथिलताबाट परेको असरलाई न्यूनीकरण गर्न उक्त योजना ल्याइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।
उनका अनुसार २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तानी गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट गरिने छ ।
यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
