पप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाई भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन गरेर सहकारी ठगीमा अनुसन्धान गर्नुपर्ने माग गर्दै रिट हालेका थिए ।
गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्ध परेका मिसिल कागज झिकाउन आदेश दिएको थियो ।
रिटलाई अग्राधिकार दिँदै जितेन्द्र बाबु राई (जीवी राई) समेत भएको सहकारी ठगीको मुद्दा नम्बर ०८०-अ१-०९८७ को मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो ।