धादिङमा सडकछेउ पार्किङ गरिराखेको कारभित्र सुटकेस राखेको पाइएपछि नेपाली सेनालाई बोलाइएको छ ।
बुधबार दिउँसो साढे २ बजेतिर धादिङबेशी बजारस्थित त्रिपुरा स्टेश्नरी पसलका सञ्चालकले पार्क गरेर राखेको बा १६ च ९१९२ नम्बरको कार पार्किङ गरी राखिएको थियो । लक नगरिएको कारमा एक जना अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।
‘गाडी अनलक रहेछ, शंकास्पद व्यक्तिले कारको पछाडि खैरो रंगको सुटकेस राखेर गएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘चालक फर्किँदा सुटकेस देखेछन् । अनि हामीलाई खबर आयो ।’
कारको सिटमा राखेको सुटकेस शंकास्पद भएपछि सडकमा सिल गरिएको छ ।
प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई घटनास्थलमा बोलाएको छ । सुटकसभित्र के सामान छ खुलेको छैन ।