विषालु सर्षको टोकाइबाट नवलपरासी पश्चिममा एक महिलाको मृत्यु भएको छ ।
आज बिहान चार बजे विषालु सर्पले टोक्दा प्रतापपुर गाउँपालिका-८ गंगापुरकी ३२ वर्षीया रुना पालको मृत्यु भएको हो ।
आफ्नै घरको ओछ्यानमा सुतेकै ठाउँमा नाम नखुलेको विषालु सर्पले टोक्दा बेहोस भएकी उनलाई आफन्तले सुरुमा नेपाली सेनाले सञ्चालन गरेको त्रिबेणी क्याम्प सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।
अवस्था गम्भीर रहेकाले त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि जिल्ला अस्पताल परासी लगिएको थियो ।
बिहान नौ बजे परासी अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।














