प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । यसअघि भोलि (सोमबार) दिउँसो १ बजेका लागि तय भएको बैठक सोही दिन दिउँसो ४ बजे बस्ने गरि सरेको हो ।
‘विशेष कारणबस’ बैठक सारिएको संसद सचिवालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि आइतबार अपराह्न ३ बजेका लागि तय भएको बैठक विशेष कारणले सो समयमा बस्ने नसक्ने भएकाले सोमबार अपराह्न १ बजे बस्नेगरी निर्धारण गरिएको संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी गराएको थियो ।
यसैगरी आइतबार अपराह्न १ः१५ मा बस्नेगरी निर्धारण भएको राष्ट्रियसभाको बैठक पनि सोमबार बिहान ११ः३० बजे बस्नेगरी तय भएको संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा सूचनामा जनाइएको छ ।















