सिमलताल पहिरो: गैंडाकोट र गोलाघाटमा भेटिएका दुवै शवको सनाखत

चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ ।

भारत बिहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने ४० वर्षीय सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको पहिचान भएको हो ।

उनीहरुको साथमा भेटिएको परिचय पत्रका आधारमा उनीहरुको सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए । प्रकाशको गैडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो ।

सजात काठमाडौँ कलङ्कीमा व्यवसाय गरी बस्ने गर्दथे । उनी बा प्र ०३–००६ ख १५१६ नम्बरको बस वीरगन्जबाट काठमाडौँ जाने बसमा सवार रहेको बताइएको छ । यस्तै ठाकुर काठमाडौँबाट गौर जाने क्रममा दुर्घटनामा परेका हुन् । ठाकुर काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु हुन् ।