प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनित भएका छन् ।
नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गरेका हुन् ।
उनलाई एमाले संसदीय दलको विधान २०७७ र संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम मनोनयन गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।















