आज यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बागमती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ ।

शुक्रबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने र बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।