कक्षा १२ को नतिजा सार्वजनिक, २ लाख ३ हजार ८४७ जना उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा ५२.९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । परीक्षाफल आधा घण्टापछि वेबसाइटमा हेर्न सकिने अर्यालले बताए ।

‘नतिजा सार्वजनिक भएको हो । आधा घण्टापछि वेबसाइटमा हेर्न सकिन्छ,’ उनले भने, ‘५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३।६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।