लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन पनि तीन दिनदेखि नै प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार हुँदै आएको छ ।

आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि बिहीबारदेखि नै यही मूल्यमा कारोबार हुँदै आएको छ ।