सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस आज कोशी प्रदेश सरकारमा सहभागी भएको छ ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वसहित तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व सम्हालेका छन् भने भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । राई र राजवंशी दुवै कृष्णप्रसाद सिटौला समूहका हुन् ।
यसैगरी खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् भने मण्डल संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् । प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसका चारजनालाई समेटेर प्रदेश सरकार विस्तार गरेका हुन् ।
गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी हुन ढिलाइ भएको थियो । कोइराला समूहबाट भने तत्काल सरकारमा सहभागी नहुने भएका छन् ।