हसनको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

Image

हसन इसाखिलको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको हो ।

चितवनका लागि ओपनर हसन इसाखिलले बनाएको ६५ रन नै सर्वाधिक रह्यो । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै रवि बोपाराले १८ बल खेल्दै समान २ चौकमा र दुई छक्का मद्दतमा ३६ रन योगदान गरे । विपिन रावलले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । पहिलोपटक ओपनिङ गरेकार सन्तोष कार्की ९ रनमा आउट भए । अमर सिंह राउटेलाले ६ र जान निकोल लफ्टी इटन २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ब्राण्डन म्याकमुलेन, कप्तान दीपेन्द्र सिंह ऐरी र सैफ अली जैबले एकरएक विकेट लिए ।