दयाहाङ र रिस्माको ‘रिमै’ भदौ २७ गतेबाट रिलिज हुने

Image

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’ को फर्स्टलुक पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ ।

सोमबार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक तीन पोस्टर मार्फत् यो फिल्म आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ फिचर्ड छन् । दोस्रो पोस्टरमा उनीहरूसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको छ ।

तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा र गौमायासहित सवैजसो मुख्य कलाकार पोस्टरमा अटाएका छन् । सार्वजनिक पोस्टरले गुरुङ संस्कार अनुसार पात्रहरूलाई प्रस्तुत गरिएको बुझ्न सकिन्छ ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय रहेको छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका छन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताको रुपमा रहेका छन् ।