अभिनेत्री  गौमाया गुरुङले प्रेमी दिवससँग बेलायतमा गरिन् बिहे

Image

अभिनेत्री गौमाया गुरुङले बिहे गरेकी छन्। उनले केही दिनअघि बेलायतमा आयोजित वैवाहिक समारोहमा प्रेमी दिवससँग विवाह गरेकी हुन्। 

आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले फेसबुकमा लेखेकी छन्, ‘परिवार र आफ्ना प्रियजनहरूको उपस्थितिमा मैले मेरो जीवनसाथी दिवससँग विवाह गरेँ।’

विवाह समारोहमा उनका आफन्त र परिवार सहभागी थिए। उनको उक्त पोस्टमा सेलिब्रिटीहरूले बधाई दिएका छन्। 

भ्लगर हुँदै फिल्म करिअर थालेकी गौमायाले ‘कबड्डी-४’  जस्ता हिट फिल्ममा काम गरिसकेकी छन्। साथै उनले ‘१९१५: लेजेन्ड अफ द गोर्खाज’, ‘फूलबारी’, ‘महाजात्रा’, ‘पूजा, सर’, ‘रमिताको पिरती’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्। उनी पछिल्लोपटक हालै प्रदर्शनमा आएको ‘सेप अफ मोमो’ देखिएकी थिइन्।