‘जन्ते बाख्रो’को कमेडी ट्रेलरमा के छ ?

Image

 चलचित्र ‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । 

चलचित्रको प्रचारमा जुटेको निर्माणपक्षले कमेडी शैलीको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विवाहको तयारीमा रहेको एक युवकको जिन्दगीमा आएको उतारचढाव समावेश छ । 

ट्रेलरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा आशिफ शाह, लोकेन्द्र लेखकलगायत कलाकार अटाएका छन् । 

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमामा सौगात,  गरिमा, आशिफ र लोकेन्द्रसँगै विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मालगायत कलाकारको अभिनय छ ।

ट्रेलरले फिल्मको कथावस्तु, चरित्र चित्रण र द्वन्द्वबारे प्रकाश पार्छ । यो लाइट कमेडीले मुख्य पात्रले योग्य वधु छान्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ ।

चलचित्र जेठ २३ गतेबाट रिलिज हुनेछ ।