सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकार र स्थानीय तहका लागि २ अर्ब ४१ अर्ब ४१ करोड रकम विनियोजन गरेको छ ।
अनुदान र राजस्व बाँडफाँडबाट प्रदेश र स्थानिय तहलाई उक्त रकम हस्तान्तरण गर्ने भएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वित्तीय समानीकरण अनुदान ६० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गर्दा ८८ अर्ब ९७ करोड हस्तान्तर हुने उल्लेख छ ।
अर्थमन्त्री पौडेलका अनुसार शशर्त अनुदान अन्तरगत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड गरी जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड विनियोजन गरिएको हो ।
















