काठमाडौंभित्र सञ्चालनमा रहेका उद्योग बाहिरी जिल्लामा सारे निःशुल्क जग्गा भाडामा दिने

Image

 काठमाडौं उपत्यकालाई थप प्रदुषण हुनबाट बचाउन सरकारले काठमाडौंभित्र सञ्चालनमा रहेका उद्योगलाई बाहिरी जिल्लामा स्थान्तरण गरे विशेष सुविधा दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जिल्लामा उद्योग सञ्चालन गरेमा निःशुल्क जग्गा भाडामा दिने घोषणा गरेका हुन् ।