बढेन विद्युतीय गाडीको कर, जिल्लिए गाडी थुपारेका व्यपारी

Image

सरकारले विद्युतीय गाडीको करलाई यथावत राखेको छ । सरकारले कर बढाउने चर्चा भएपनि वातावरण प्रदुषण कम गर्न र विद्युत खपत बढाउने गरी चालु आर्थिक वर्षकै करलाई निरन्तरता दिएको हो ।

यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले हतार हतार धेरै ईभी भन्सार जाँचपास गराएका थिए । तर, कर यथावत् भएपछि त्यसरी ल्याउने व्यापारीहरू जिल्लिएका छन ।

चालु आर्थिक वर्षमा ५० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत भन्सार महशुल र ५ प्रतिशत अन्तशुल्क लाग्छ । ५० देखी १०० किलोवाटसम्मका गाडीमा २० प्रतिशत महशुल र १५ प्रतिशत अन्तशुल्क लिदै आएका छ । १०० देखी २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ ।

२०० देखी ३०० किलोवाटसम्मका गाडीमा ६० प्रतिशत भन्सार महशुल र ३५ प्रतिशत अन्तशुल्क रहेको छ । ३०० किलोवाट माथीका गाडीमा ८० प्रतिशत भन्सार महशुल र ५० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था रहेको छ ।

सरकारले सबै विद्युतीय गाडीमा ५ प्रतिशत सडक निर्माण दस्तुर लगाउँदै आएको छ । सरकारले यी सबै व्यवस्थालाई निरन्तरता दिएको हो ।