नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमै टुङ्गियो

एक गोलको अग्रता जोगाउन नसक्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा भारतसँग बराबरी खेलेको छ ।

खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो । चिनलेनािना सिंह कोन्सामको ब्याकपासलाई गोलरक्षक गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अन्जनले नियन्त्रणमा लिदै गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका हुन् ।

तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए । सुनिल क्षेत्रीले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाएपनि किरणसँगै रहेका सब्सिच्युट थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार