त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

Image

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४ किलो २ सय ८४ ग्राम सहित भारतीय नागरिक ३३ वर्षीय रंजित सिंह आइतबार दिउँसो पक्राउ परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका रंजितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उक्त लागूऔषध संकलन गर्न आएका भारतीय नागरिक पुनित शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको जनाएको छ ।