प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच इटालीमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो ।

सम्मेलनमा सम्बोधनपछि प्रचण्डसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको हो ।

भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।