नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य

Image

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरअन्तर्गत पहिलो खेलमा नेपालले थाइल्याण्डलाई १२३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन्। सम्झना खड्काले २६ रन बनाउँदा रुबिना क्षेत्रीले १७ तथा पूजा महतोले १२ रन जोडिन्।

थाइल्याण्डका बलरतर्फ थिपातचा पुथावोंगले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४ विकेट लिइन्। उनका प्रभावकारी बलिङका कारण नेपाल ठूलो स्कोर बनाउन असफल भयो।

अब थाइल्याण्डले खेल जित्न १२३ रनको लक्ष्य पछ्याउनुपर्नेछ।