आत्मनिर्भर लघुवित्तले बोनस शेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश

Image

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले २०८३ वैशाख ७ गते घोराही उपमहानगरपालिका मा सातौँ वार्षिक साधारण सभा बोलाएको छ, जसको समय बिहान ११ बजे राखिएको छ।

सभामा लाभांश प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरू पनि पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने योजना बनाएको छ। यसअनुसार, चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभामा सहभागी भएर लाभांश प्राप्त गर्न सक्नेछन्।