पर्सा राष्ट्रिय निकुञ्जमा अवैध शिकार नियन्त्रण : दुई महिनामा पाँच शिकारी पक्राउ

Image

पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सबुज गणले अवैध चोरी शिकार नियन्त्रण गर्न सञ्चालन गरेको कारवाहीका क्रममा पछिल्ला दुई महिनामा उल्लेखनीय सफलता हासिल गरेको छ।

उक्त अवधिमा चार नाल भरुवा बन्दूकसहित पाँच जना शिकारीहरुलाई पक्राउ गरी निकुञ्ज कार्यालयलाई बुझाइएको छ।

यस कारवाहीले निकुञ्ज क्षेत्रमा भइरहेको अवैध शिकार नियन्त्रणमा सुरक्षा निकाय सक्रिय रहेको स्पष्ट देखिन्छ।