सार्वजनिक खरिद ऐन संशोधनको तयारी, प्रारम्भिक मस्यौदामा सुझाव आह्वान

Image

सार्वजनिक खरिद अनुगमन कार्यालय ले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न प्रारम्भिक मस्यौदा तयार पारेको छ।

विधायन प्रक्रिया अनुसार विधायन ऐन २०८१ को दफा ६(२) बमोजिम मस्यौदालाई जनताको राय/सुझावका लागि सार्वजनिक गरिएको हो। कार्यालयले उक्त मस्यौदा चैत २५ गते प्रकाशन गर्दै वैशाख १ गतेसम्म सुझाव संकलन गर्ने जनाएको छ।

प्राप्त सुझावका आधारमा आवश्यक संशोधन गरी मस्यौदालाई सम्बन्धित मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिनेछ। मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि विधेयक संसद्मा दर्ता हुनेछ।

संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र उक्त संशोधित ऐन कार्यान्वयनमा आउनेछ।

मस्यौदामा हाल ३८ वटा दफामा संशोधन प्रस्ताव गरिएको जनाइएको छ।