रामचन्द्र पौडेल सँग नारायणप्रसाद दाहाल ले आइतबार राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।
भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपति पौडेललाई आफू टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा सहभागी हुने जानकारी गराएका थिए।
दुवै नेताबीच भेटमा देशको समसामयिक राजनीतिक तथा संसदीय विषयमा समेत छलफल भएको राष्ट्रपति स्वकीय सचिवालयले जनाएको छ।















