लेखा समिति सभापतिमा भरत खड्का निर्विरोध निर्वाचित

Image

सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्का निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार बसेको समिति बैठकले सभापति पदका लागि खड्काको मात्रै उम्मेदवारी परेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। उनको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी रहेका थिए।

यसअघि नेपाली कांग्रेस ले डोटीबाट निर्वाचित सांसद खड्कालाई सभापति पदको उम्मेदवार बनाउने निर्णय गर्दै संसद् सचिवालयमा मनोनयन दर्ता गराएको थियो।

प्रतिपक्षी दलहरूबीचको सहमतिअनुसार खड्कालाई समर्थन गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि प्रमुख प्रतिपक्षी दललाई लेखा समिति सभापति दिने निर्णय गर्दै खड्काको उम्मेदवारीलाई समर्थन गरेको थियो।

एकल उम्मेदवारीका कारण निर्वाचन प्रक्रिया बिना नै खड्का सभापतिमा चयन भएका हुन्।